सिमा मिचेको बिरोध निरन्तर मजदुर किसान पार्टीको बृहत प्रर्दशन


कात्र्तिक २७,दैलेख
नेपाल मजदुर किसान पार्टी दैलेखले दैलेख सदरमुकाममा सिमा अतिक्रमणको बिरोध गर्दै बृहत प्रर्दशन गरेको छ । कालापानी र लिपुलेक सँगै निम्बियाधुरा पनि नेपालकै भूमि रहेकोले तत्काल नेपाललाई यो भूमि फिर्ता गर्नुपर्ने दबाव स्वरुप दैलेख सदरमुकाममा प्रदर्शन गरिएको हो । नारा जुलुस सहित बजार परिक्रमा पश्चात स्थानीय देवकोटा चौकमा पुगेर नेपाल मजदुर किसानका कार्यकर्ताहरुले कोणसभा गरेका छन् ।
नेपाल सरकारले तत्काल यसवारे पहल थाल्नुपर्ने सुझाव सँगै भारतले नमाने अन्तर्राष्ट्रिय अदालतमा पुगेर पनि निश्कर्ष निकाल्नुपर्ने सुझाव दिएका छन् ।
नेपाली भूमि आफ्नो सीमाभित्र राखी भारतले नक्शा तयार गरेपछि दैलेखमा पनि लगातार बिरोध भैरहेको छ ।
बुधबार नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समिति दैलेखले गरेको बिरोध सभामा बोल्दै नेमकिपा, कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले सार्वभौमिकता रक्षाको निम्ति नेपाली जनताले संघर्षका गतिविधिलाई अझ तीव्र पार्ने बेला आएको बताएका छन् । उनले भारतीय विस्तारबाद बढ्दै गएकोले यस्ता गतिविधिहरु रोक्न आन्दोलनलाई गाउँ गाउँबाट चर्काउनुपर्ने बताए । अहिलेसम्म सत्तास्वार्थको कारण शासक वर्ग भारतीय अत्याचारलाई अन्तर्राष्ट्रियकरण गर्न नसकेको भन्दै सरकारको बिरोध समेत गरेका छन् ।
उनले सुस्तामाथि भारती हस्तक्षेप हुँदा नेमकिपाले २०२५ सालमा प्रदर्शन गर्दा प्रहरी दमनको सामना गर्नु परेको भन्दै नेमकिपाले विस्तारवादविरुद्ध निरन्तर सङ्घर्ष गरिआएको र गरिरहने बताए ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले सत्तासीन पार्टीले भारतीय हस्ताक्षेपविरुद्ध बोल्ने साहस नगरेको भन्दै नेपाल–भारतको खुला सीमा बन्द हुनुपर्ने बताएकी छन् ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य निरकबहादुर शाहीले महाकाली सन्धिपछि पश्चिमबाट सूर्य उदाउने भन्ने केपी ओली प्रधानमन्त्री भएको भन्दै आज पनि शासक वर्गले भारतीय विस्तारवादकै दलाली गरिरहेकोले आरोप लगाएका छन् ।
नेमकिपा गुराँस गाउँपालिकाका अध्यक्ष उदयजङ्ग शाहीले प्रचण्ड आफू पुनः प्रधानमन्त्री बन्न भारतीय हस्तक्षेपको मुद्दालाई आन्तर्राष्ट्रियकरण गर्न रोक्न खोजेको आरोप लगाए ।
नेमकिपा दैलेखका सचिव लक्ष्मीकुमार विक र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य तुल्सीकुमारी कठायतले पनि भारतीय विस्तारवादविरुद्धको आन्दोलन निरन्तर राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार